Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आइसिसी ओडिआई वरीयतामा नेपाल फेरी एक स्थान माथी उक्लियो

आइसिसी ओडिआई वरीयतामा नेपाल फेरी एक स्थान माथी उक्लियो

images

इच्छाकामना न्युज

२३, चैत्र २०७९
आइसिसी ओडिआई वरीयतामा नेपाल  फेरी एक स्थान माथी उक्लियो
images

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा फेरी एक स्थान माथी उक्लिएको छ । आइसिसीले बुधबार साँझ सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको हो ।

पछिल्लो समयमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा जीत हासिल गर्दै खेल सुधार गरे पछि १५ औं स्थानवाट एक स्थान माथी उक्लिदै १४ स्थानको वरियता कायम गर्न सफल भएको हो । नेपाल भन्दा अघि वरियतामा एसोसिएट टोलीको रुपमा स्कटल्यान्ड मात्रै परेको छ ।

नेपाल भन्दा अघि जिम्बावे १३ औं, स्कटल्यान्ड १२ औं र आयरल्यान्ड ११ औं स्थानमा छन भने नेपाल भन्दापछि ओमान १५ औं, नेदरल्यान्ड्स १६ औं, अमेरिका १७ औं र नामिबिया १८ औं स्थानमा रहेका छन् । नेदरल्याण्ड दुई स्थान तल झरेर १६ औं स्थानमा पुग्दा नेपाल एक स्थान माथि उक्लिएको हो । वरियतामा अष्टेलिया शीर्ष स्थानमा रहेको छ भने न्युजिल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा छन् ।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ०८:०३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology