Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँलाई गर्व गर्ने जिल्ला बनाउने छुः एमाले उम्मेदवार सर्वेन्द्र खनाल

तनहुँलाई गर्व गर्ने जिल्ला बनाउने छुः एमाले उम्मेदवार सर्वेन्द्र खनाल

images

इच्छाकामना न्युज

२१, चैत्र २०७९
तनहुँलाई गर्व गर्ने जिल्ला बनाउने छुः एमाले उम्मेदवार सर्वेन्द्र खनाल
images

तनहुँ । नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । मंगलबार दमौलीमा नेकपा एमालेको व्यास नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै खनालले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने प्रतिबद्धता जनाए । 

खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोहीकारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।

खनालले प्रहरी महानिरिक्षकको रुपमा ललिता निवास कान्डमा आफुले दोषीलाई कारवाही गर्न फाईल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको बताए । आफुले जिन्दगीभर राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा लागिरहेको उनले बताए । आफ्नो प्रहरी सेवाकालमा देशको गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यको लागि काम गरेको उनले बताए । आफुले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा धेरै काम गरेको पनि उनको भनाइ थियो ।

आफुले जागिरे जिवनकालमा संधै जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको उनले बताए । सरकार र द्वन्द्वरत पक्ष विच शान्तिवार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समुहको शान्ति प्रक्रियामा अवतरण र पृथकताबादी आन्दोलनलाई पनि राजनीतिको मुलधारमा ल्याउने कामको सुरक्षाको जिम्मेवारी आफ्नो नेतृत्वमा भएको खनालले दावी गरे। ‘मसँग धेरै नेताको कुन्डली छ, आवश्यक परे जनताको माझमा सार्वजनिक गर्न सक्छु’ उनले भने ‘गुन्डाराजको अन्त्य मेरै पालामा भएको हो ।’ आफ्नो नेतृत्वमा नेपाल प्रहरी उत्कृष्ट संगठन बनेको उनले दाबी गरे ।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २०:३२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology