Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मौसमी फ्लूबाट कसरी बच्ने ? यस्ता छन् उपाय

मौसमी फ्लूबाट कसरी बच्ने ? यस्ता छन् उपाय

images

इच्छाकामना न्युज

२१, चैत्र २०७९
मौसमी फ्लूबाट कसरी बच्ने ? यस्ता छन् उपाय
images

काठमाडौं । पछिल्लो समय मौसमी फ्लूका बिरामी बढेका छन् । लामो समय पानी नपर्दा बढेको प्रदूषणका कारण मौसमी फ्लू बढेको बताइएको छ । तर, केही समययता पानी परे पनि फ्लू लाग्नेक्रम रोकिएको छैन । अस्पतालमा फ्लू लागेर आउनेको चाप उच्च रहेको छ । 

यसबाट बच्न फ्लू लागेका व्यक्तिहरूबाट टाढै बस्नु पर्ने तथा आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्नु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 
 
“घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाउनुपर्छ । मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग गर्न हुँदैन,” मन्त्रालयले भनेको छ, “खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्नुपर्छ । बेलाबेलामा साबुनपानीले हात धोनु पर्छ ।” 

हातले आँखा, नाक वा मुख छुन नहुने बताएको मन्त्रालयले  तातो पानी पिउने, बाफ लिनेजस्ता घरेलु उपचार विधि अपनाउन सकिने पनि मन्त्रालयले बजनाएको छ । प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान आग्रह गरेको मन्त्रालयले गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न पनि सुझाएको छ । 

स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म फ्लूविरुद्धको खोप लगाउन पनि आग्रह गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - ०७:२५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology