कुरिनटार । इच्छाकामनामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चुम्लिङ्गटारबाट धादिङ्गको मोवाखोला तर्फ जादैँ गरेको बा ५६ प २९८३ नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा सोमबार राति दुर्घटना हुँदा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका वडा नं ३ बस्ने वर्ष २४ को अन्जन सिलवालको मृत्यु भएको हो ।
उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रमा राति १०ः२५ बजे मृत्यु भएको इलाका प्रहरीले जनाएको छ ।