Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

‘लोकतन्त्रको १७ वर्ष : संक्रमणकालीन न्याय अलपत्र’ विषयमा शान्ति समाज चितवनको अन्तर्क्रिया

‘लोकतन्त्रको १७ वर्ष : संक्रमणकालीन न्याय अलपत्र’ विषयमा शान्ति समाज चितवनको अन्तर्क्रिया

images

इच्छाकामना न्युज

१७, चैत्र २०७९
‘लोकतन्त्रको १७ वर्ष : संक्रमणकालीन न्याय अलपत्र’ विषयमा शान्ति समाज चितवनको अन्तर्क्रिया
images

भरतपुर । मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा ‘लोकतन्त्रको १७ वर्ष : संक्रमणकालीन न्याय अलपत्र’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चितवन शाखाका सभापति शम्भु राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति भवानी अधिकारीले स्वागत मन्तन्य राखेकी थिइन् भने कार्यक्रमको सहजीकरण शाखाका सचिव जीवन केसीले गरेका थिए ।

कार्यक्रममा शान्ति समाजका पूर्वकेन्द्रीय उपसभापति वरिष्ठ अधिवक्ता उद्धव लोहनी, शान्ति समाजका वरिष्ठ उपसभापति कृष्ण रावल, नेपाली कांग्रेसका जिल्ला सचिव सूर्य अर्याल, नेकपा (एकीकृत समाजवादी)का जिल्ला सदस्य रामचन्द्र देवकोटा, चितवन जिल्ला बार एसोसिएसनका अध्यक्ष खगराज कँडेल, शान्ति समाज चितवन शाखाका सल्लाहकार शिक्षाविद् प्रकाश अधिकारी, पूर्वकेन्द्रीय सचिव बाबुहरि आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, शान्ति समाजका केन्द्रीय सदस्य विनोदकुमार अधिकारी, मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष कल्पना उप्रेती, मानव अधिकार सञ्जालका अध्यक्ष दीपक लामिछाने, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक रामचन्द्र आचार्य, द्वन्द्वपीडित महिला संघका जिल्ला उपाध्यक्ष लालकुमारी सिलवाल, आदर्श नारी विकास केन्द्रका कार्यक्रम संयोजक सरिता पौडेललगायतले शान्ति समाजको केन्द्रले तयार पारेको अवधारणा पत्रमाथि आआफ्नो धारणा राखेका थिए ।

केन्द्रको अवधारणा पत्र केन्द्रीय उपसभापति राजेन्द्र पौडेलले प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - २२:१५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology