Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

दाङमा घरायसी विवादमा आमाछोरा मिलेर श्रीमानको हत्या

दाङमा घरायसी विवादमा आमाछोरा मिलेर श्रीमानको हत्या

इच्छाकामना न्युज

१५, चैत्र २०७९
दाङमा घरायसी विवादमा आमाछोरा मिलेर श्रीमानको हत्या
images

दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्फेसमा एक जनाको हत्या भएको छ। मंगलबार बेलुकी करिब ८ बजे ४२ वर्षीय रेशम सुनारको हत्या भएको हो। 

images
images

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ३२ वर्षीया चन्द्रा सुनार र १७ वर्षीय शिवराज सुनारले कोदालो प्रहार गरी रेशमको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।चन्द्रा रेशमकी श्रीमती हुन् भने शिवराज जेठा छोरा हुन्। 

घरायसी विवादमा आमाछोरा मिलेर रेशमको हत्या गरेको देखिएको दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए।घटनाबारे स्थानीय बासिन्दाबाट खबर पाएपछि राती ११ बजे घटनास्थल पुगेको प्रहरीले मृतककी श्रीमती चन्द्रालाई घरबाटै पक्राउ गरेको थियो। बाबुको हत्या गरेपछि घरबाट भागेका शिवराजलाई पनि प्रहरीले मध्यराति पक्राउ गरेको छ। 

मृतक रेशमको शव पोस्टमर्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - ०९:१४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology