काठमाण्डौ । चर्चित लोकदोहोरी गीतका सर्जक गायक विष्णु खत्रीले नयाँ गीत दर्शक सामु ल्याएको छ । गायक खत्रीले ‘गलकोटे दाई...’ बोलको नयाँ गीत दर्शक सामु ल्याएको हो ।
नयाँ गीतको आज गायक खत्रीको आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतमा गायक विष्णु खत्री र चर्चित लोकदोहोरी गायीका देवी घर्ती मगरको स्वर रहेको छ ।
गायक खत्रीकै शब्द तथा लय रहेको गीतको म्युजिक भिडियोमा विजय पुन र करिश्मा ढकालले अभिनय गरेका छन् ।