Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

उपनिर्वाचनअघि सरकारमा जानुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी भित्र दबाब

उपनिर्वाचनअघि सरकारमा जानुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी भित्र दबाब

इच्छाकामना न्युज

१४, चैत्र २०७९
उपनिर्वाचनअघि सरकारमा जानुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी भित्र दबाब
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उपनिर्वाचनअघि नै सरकारमा सहभागी हुनुपर्ने दबाब बढेको छ । पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेको अवस्थामा सरकार बाहिर बस्न उपयुक्त नहुने आवाज पार्टीभित्र उठेको हो ।

images
images

पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी सत्तापक्षकै भएकाले सरकारमा सहभागी हुन ढिला गर्न नहुने पार्टीभित्र आवाज उठिरहेको बताए । उनले पार्टीभित्र औपचारिक छलफल नभए पनि आफूलगायत धेरै सांसदहरू सरकारमा जानुपर्ने पक्षमा रहेको जानकारी दिए ।

“हामीले विश्वासको मत नदिएर प्रतिपक्षमै बसेको भए त्यो छुट्टै बहस हुन्थ्यो । तर, हामीले विश्वासको मत दिइसकेका छौं । अनि किन हामीले सरकारमा जान ढिला गर्ने ? ,” उनले भने । बैशाख १० मा हुने उनिर्वाचनपछि सरकारमा जाने विषयमा पनि छलफल गरिरहेको छ । पार्टी सभापति रवि लामिछानेले नै चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बनेका छन् ।

पार्टी सभापतिनै निर्वाचन लडेको अवस्थामा उपनिर्वाचनपछि सरकारमा जाने हो कि भन्ने विषयमा पार्टीभित्र बहस भइरहेको उनी बताउँछन् । तर सरकारको विषयमै निर्णय गर्न भने पार्टीको औपचारिक बैठक नबोलाइएको श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ०८:५५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology