चितवन । लोकप्रिय लोक तथा गोहोरी गायक पृथ्वी गुरूङको नयाँ मौलिक झ्याउरे गीत ‘भेट भयो रोधींमा’को भिडियो सार्वजनिक भएको छ। ‘पृथ्वी गुरूङ अफिसियल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। मनाङ गुरूङको निर्देशनमा आशिष गुरूङ, लक्ष्मी गुरूङ, सचिन गुरूङ र कुमारी गुरूङले अभिनय गरेका छन्।
करन चैसिरले खिचेको भिडियोलाई मित्र डी गुरूङले सम्पादन गरेका हुन्। भिडियोले गुरूङ गाउँमा प्रचलित रोधींको विषयवस्तुलाई मुख्य कथा बनाएको छ। गोरखाको सिराञ्चोक–१ सिरचौर गाउँमा छायांकन गरिएको हो ।
पृथ्वी गुरूङ र रेजिना परियारको आवाज रहेको गीत अनिता गुरूङ र चन्द्र परियारले शब्द शब्द रहेको छ भने चन्द्र परियारले लय भरेका छन्। डोलराज बाह्रघरे मगरको संगीत संयोजनमा गीत तयार भएको हो ।