Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

होटल व्यवसायी संघ चितवनको आपत्ति

होटल व्यवसायी संघ चितवनको आपत्ति

images

इच्छाकामना न्युज

५, चैत्र २०७९
होटल व्यवसायी संघ चितवनको आपत्ति
images

भरतपुर । जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा गरि आयोजकले अपमान र अपहेलित गरेको भन्दै आपत्ति जनाएको छ ।

यहि चैत्र ३ गते साँझ संकटा वाईन एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेको क्यानभास वाईनको प्रवद्धनको लागि नारायणगढको कमलनगर स्थित पर्व व्याङ्क्युटमा आयोजना गरिएको कार्यक्रममा आयोजकले होटल व्यवसायीलाई अपमान र अपहेलित गरेको संघका महासचिव सुरेन्द्र केसीद्धारा आइतबार जारी प्रेस विज्ञप्तिमा जनाईएको छ ।

उक्त कार्यक्रममा होटल व्यवसायी संघ चितवनलाई अतिथीको रुपमा आमन्त्रण गरिए बमोजिम संघका पदाधिकारी तथा सदस्यहरु कार्यक्रममा सहभागि भएका थिए ।

आयोजकले होटल व्यवसायीहरुलाई अपमान गरेपछि संघको नेतृत्वमा होटल व्यवसायीहरुले कार्यक्रम वहिस्कार गरि बाहिरिएको महासचिव केसीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । कम्पनीद्धारा उत्पादित कुै ब्राण्डको प्रवद्र्धन गर्दै गर्दा सम्बन्धित सरोकारवाला संस्थाको गरिमालाई नै भुलेर गरिने यस्ता खालका व्यवहार प्रति संघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा वताईएको छ । 

336466000_3442137012697403_5824570143134694006_n.jpg

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - २१:११:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology