Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

बेलायतको अर्थतन्त्र २ दशमलब ६ प्रतिशतले खुम्चियो 

बेलायतको अर्थतन्त्र २ दशमलब ६ प्रतिशतले खुम्चियो 

एजेन्सी

२, माघ २०७७
बेलायतको अर्थतन्त्र २ दशमलब ६ प्रतिशतले खुम्चियो 

गत नोभेम्बर महिनामा बेलायतको अर्थतन्त्र २ दशमलब ६ प्रतिशतले खुम्चिएको छ । आज त्यहाँको सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो । 
बेलायती तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा देशको कूल गार्हस्थ्य उत्पादनमा व्यापक गिरावट आएर अघिल्लो महिनाको भन्दा ० दशमलब ६ प्रतिशतले कमी आएको  छ ।  प्राप्त विवरण अनुसार बेलायती अर्थतन्त्रको आकार गत वर्ष सन् २०२० को फेब्रअरीको तुलनामा ८ दशमलब ५ प्रतिशतले घटेको छ ।  
कार्यालयले लगातार ६ महिनादेखि सामान्य वृद्धि देखिए पनि नोभेम्बर २०२० मा कूल गार्हस्थ्य उत्पादन २ दशमलब ६ प्रतिशतले घटेको जनाएको छ । 

images

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १८:५१:५० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology