Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘रेड नोटिस’ जारी गरिएका युवकलाई यूएईबाट पक्राउ गरी ल्याइयो काठमाडौं

‘रेड नोटिस’ जारी गरिएका युवकलाई यूएईबाट पक्राउ गरी ल्याइयो काठमाडौं

इच्छाकामना न्युज

३, चैत्र २०७९
‘रेड नोटिस’ जारी गरिएका युवकलाई यूएईबाट पक्राउ गरी ल्याइयो काठमाडौं
images

काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका कपिलवस्तकोु भृकुटी नगरपालिका–७ का २३ वर्षीय शिवशरण चौधरी पक्राउ परेका छन् । 

images
images

प्रहरीका अनुसार उनी ०७६ साउन ७ गते धारिलो हतियारबाट कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–४ का ६६ वर्षीय गंगाराम थारुको हत्या गरेको घटनामा संलग्न थिए । घटनापछि फरार रहेका उनलाई एनसीबी काठमाडौंको अनुरोध र एनसीबी अबुधाबीको सहयोगमा यूएईबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् उनी फरार भई यूएईमा बसेको अनुसन्धानका क्रममा खुलेको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०७९ भदौ १४ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । रेड नोटिस एनसीबी अबुधाबीलाई जानकारी गराइएको थियो । उनलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएको थियो ।

गएको भदौ २१ गते एनसीबी अबुधाबीले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो । विभिन्न प्रक्रिया पुर्‍याई एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार (हिजो) नेपाल ल्याएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोरुसिंगेमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ०९:२७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology