काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भू–भागमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी तथा तराई भू–भागमा हावाहुरी पनि चल्ने सम्भावना छ ।
मुलकको अन्य भू–भागमा भने हल्कादेखि सामान्य बदली हुनेछ । शुक्रबार राती पनि मुलुकका भूभागमा आंशिकदेखी सामान्य बदली रहने छ । पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।