Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चेपाङ विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार नगर्न सांसद हरी ढकालको चेतावनी

चेपाङ विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार नगर्न सांसद हरी ढकालको चेतावनी

images

इच्छाकामना न्युज

३, चैत्र २०७९
चेपाङ विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार नगर्न सांसद हरी ढकालको चेतावनी
images

चितवन । चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य हरी ढकालले चेपाङ विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार नगर्न चेतावनी दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र राप्ती नगरपालिका–१३ स्थित कालिटार आधारभुत विद्यालयको अवलोकन गर्न पुगेका सांसद ढकालले चेपाङ समुदायका बालबालिका पढ्ने विद्यालयमा दिवा खाजामा भ्रष्टाचार भएको आरोप लगाए ।

विद्यालयमा पुग्दा उक्त विद्यालयमा अध्ययन गर्दै आइरहेका चेपाङ समुदायका विद्यार्थीहरुको दिवा खाजामा समेत गिद्देनजर राख्ने ब्यक्तिहरुको नाङ्गो स्वरुप प्रस्ट देखियो। उक्त विद्यालयका सम्बन्धित ब्यक्तिहरुले एक दिन मर्नुपर्छ भन्ने हेक्का राखुन’, उनले भने, ‘खबरदार, अब यसो गर्न पाइने छैन। म मेरो कार्यकाल भरी यसैगरि हरेक सुगम अनि बिकट क्षेत्रका सामुदायिक विद्यालयहरुमा निरन्तर अवलोकन, निरीक्षण र खबरदारीमा लाग्नेछु।’

१५ रुपैयाँको खाजामा विद्यार्थीलाई दिनहुँ फुको चिउरा दिने गरिएको भन्दै उनले भने खाजामा भ्रष्टाचार नगर्न चेतावनी दिए । दिवा खाजाको लागि नगरपालिकाले प्रति विद्यार्थी १५ रुपैयाँ उपलब्ध गराउने गरेको छ ।

images
प्रकाशित मिति :चैत्र ३, २०७९ शुक्रवार - ०९:१८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology