Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

२०८० सालमा शनिबार बाहेक ३५ दिन सार्वजनिक विदा, पहिलो पटक भित्तेपात्रोमै जनयुद्ध दिवस समेटियो

२०८० सालमा शनिबार बाहेक ३५ दिन सार्वजनिक विदा, पहिलो पटक भित्तेपात्रोमै जनयुद्ध दिवस समेटियो

images

इच्छाकामना न्युज

२, चैत्र २०७९
२०८० सालमा शनिबार बाहेक ३५ दिन सार्वजनिक विदा, पहिलो पटक भित्तेपात्रोमै जनयुद्ध दिवस समेटियो
images

काठमाडौँ । सरकारले पहिलो पटक क्यालेन्डरमै जनयुद्ध दिवसलाई समेटेको छ । २०७९ सालमा मन्त्रिपरिषद्बाट आकस्मिक निर्णय गराएर फागुन १ को जनयुद्ध दिवसमा बिदा दिएको प्रचण्ड नेतृत्वको सरकारले २०८० सालमा पनि बिदा दिनेगरी क्यालेन्डरमै बिदाको सूची समेटेको छ।

गृह मन्त्रालयले प्रकाशित गरेको २०८० सालको बिदाको सूचीअनुसार दिवस विदाअन्तरगत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने उल्लेख छ । 

यस्तै पुस २७ गते पृथ्वी जयन्तीका दिन पनि सार्वजनिक बिदा दिने राजपत्रमा उल्लेख छ । 

यसबाहेक विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

 

images
प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - २१:४८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology