Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखा शहिद लखनको ठेउवाटारमा त्रिशुलीबाट अवैध उत्खनन् गरी लुकाएको अवस्थामा ढुङ्गा र बालुवा फेला

गोरखा शहिद लखनको ठेउवाटारमा त्रिशुलीबाट अवैध उत्खनन् गरी लुकाएको अवस्थामा ढुङ्गा र बालुवा फेला

images

इच्छाकामना न्युज

२९, फाल्गुण २०७९
गोरखा शहिद लखनको ठेउवाटारमा त्रिशुलीबाट अवैध उत्खनन् गरी लुकाएको अवस्थामा ढुङ्गा र बालुवा फेला
images

ठेउवाटार । गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ४ स्थित माथिल्लो ठेउवाटारमा अवैधरुपमा त्रिशूली नदीबाट उत्खनन गरिएको ढुङ्गा  फेला परेको छ । गाउँपालिकाले आइतबार गरेको अनुगमनका क्रममा स्थानीय मोहन रानाको आर्थिक लगानीमा ९०० घनमिटर ढुङ्गा सङ्कलन भएको पाइएको हो।

रानाले रिसोर्ट निर्माण प्रयोजनका लागि ढुङ्गा सङ्कलन गरिएको बताएका छन् । ट्याक्टर भएकालाई आफूले ढुङ्गा ल्याइदिन अनुरोध गरेको बताउँदै रानाले उनीहरुलाई प्रतिटिप तीन हजारका दरले भुक्तानी गरेको बताए । ‘उहाँहरूले पालिकामा राजश्व तिर्नुपर्छ भन्नुभएको थियो, तिर्नुभयो (भएन मलाइ थाहा छैनु’, उनले भने ।

कसले रिसोर्ट निर्माण गर्दै छ भन्ने विषयमा भने आफूलाई थाहा नभएको रानाले बताए । स्थानीय भएको कारण आफूले संयोजन गरेको तर सबै कुरा जानकारी नभएको उनको भनाइ छ ।

यसैगरी ठेउवाटारस्थित लामसोतीमा सुनिल गुरुङले त्रिशूली नदीबाट तीन सय घनमिटर बालुवा र ६०० घनमिटर ढुङ्गा ल्याइ भण्डारण गरेर राखेको पाइएको छ । गुरुङले सो स्थानमा इको भिलेज कम्पनी प्रा।लि।सञ्चालन गर्दै आएका छन् । मोहन रानाको समूहले त्रिशूलीबाट ढुङ्गा उठाउन थालेपछि आफूहरूले पनि सोही मौकामा उठाएको कम्पनीका कर्मचारीहरूले बताएका छन् ।

कम्पनीले जग्गा खरिद गरी तरकारी र फलफूल उत्पादन गर्दै आएको पाइएको छ । राजश्व छली गरी नदी दोहन गरेको सूचना प्राप्त भएसँगै प्रहरी सहित गाउँपालिकाबाट खटिएको टोलीले स्थलगत अनुगमन गरेको थियो । सरकारको नियम विपरीत काम गर्नेलाइ कारवाही गर्नुपर्ने स्थानीय नागरिकहरुले बताएका छन् । स्थानीयको नाममा बाहिर रहेका मानिसहरुले गाउँको बद्नाम गरेको उनीहरुको भनाइ छ ।

गाउँपालिकाको जग्गा भाडा लिए पनि भाडा नदिएको तर उल्टै ढुङ्गा, बालुवा चोरीमा संलग्न भएकोले नियमानुसार प्रक्रिया अघि बढाउनुपर्ने स्थानीय नागरिकहरूको माग रहेको छ । सो क्षेत्रका गाउँलेहरू अधिकांश तरकारी खेतीमा संलग्न रहँदै आएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ठेउवाटार शहिद लखन वडा नम्बर ४ मा पर्दछ । पृथ्वी राजमार्गबाट नजिकै रहेको यस क्षेत्रको सिमाना त्रिशूली नदीले छुट्याएको छ ।

गाउँपालिका इन्जिनियर मेघनाथ यादव, जनप्रतिनिधि ज्ञानुमाया सुनार सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - २०:४०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology