Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै

images

इच्छाकामना न्युज

२८, फाल्गुण २०७९
राष्ट्रपति  विद्यादेवी भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्दै
images

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ। उनको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।

पहिलो कार्यकालमा त्यति विवाद नभएपनि दोस्रो कार्यकाल विवादित बन्यो। उनी नेकपा एमालेको कार्यकर्ता जस्तो भएको आरोप लाग्यो। उनले संसद विघटनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको आरोप लाग्यो। अन्तिममा सरकारले पठाएको नागरिकता विधेयक पनि राष्ट्रपति भण्डारीले रोकिदिइन्।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन्। उनको शपथ ग्रहण भोलि हुँदैछ। भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ०७:२३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology