Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रामनगर र जुगेडीको होटलमा अनुगमन, अखाद्य पदार्थ नष्ट र बरामद

रामनगर र जुगेडीको होटलमा अनुगमन, अखाद्य पदार्थ नष्ट र बरामद

images

इच्छाकामना न्युज

२७, फाल्गुण २०७९
रामनगर र जुगेडीको होटलमा अनुगमन, अखाद्य पदार्थ नष्ट र बरामद
images

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गतका होटलले न्युन गुणस्तरीय खाना खुवाएको भन्ने गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले शुक्रबार राति होटलमा अनुगमन गरेको छ । सांकेतिक रुपमा रामनगर र जुगेडीका तीन होटलमा अनुगमन गरिएको हो ।

राजमार्गका होटलमा जिल्ला प्रशासन, खाद्य, प्रहरी, होटल व्यवसायी र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा होटलले आवश्यक सरसफाईको व्यवस्था गरेको नपाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए ।

जुगेडीको होटल नमस्ते नेपालमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको छ । सरसफाई कायम नभएको र घरेलु तथा साना उद्योगमा दर्ता भएको प्रमाणपत्रको नविकरण समेत नभएको पाएपछि प्रशासन कार्यालयमा उपस्थितीको लागि निर्देशन दिइएको छ ।

श्रीनगर होटल एण्ड रेष्टुरेन्टमा खान अयोग्य मासु नष्ट गरिएको छ । यो होटलमा सादा खानाको मूल्य अत्यधिक लिएको पाइएको छ भने सरसफाइमा पहिलाको भन्दा केहि सुधार देखिएको सहायक प्रजिअ शर्माले बताए ।

त्यस्तै, रामनगरको मिलिजुली होटलमा खाना खाएका यात्रुले बासी खाना खुवाएको गुनासो गरे । आफ्नो होटलमा गाडी ल्याएर रोके बापत होटल सञ्चालकले गाडी चालकलाई हरेक पटक मासु खाना र १५ सय रुपैयाँ दिने गरेको प्रतिक्रिया दिए ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - ०९:२६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology