Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखापट्टिको ढुङ्गा, गिट्टि वालुवा ओसार्न लेवाटार स्थित त्रिशुली नदीमा फेरी अर्को बाध, राफ्टिङ व्यवसायी र स्थानीयको विरोध

गोरखापट्टिको ढुङ्गा, गिट्टि वालुवा ओसार्न लेवाटार स्थित त्रिशुली नदीमा फेरी अर्को बाध, राफ्टिङ व्यवसायी र स्थानीयको विरोध

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०७९
गोरखापट्टिको ढुङ्गा, गिट्टि वालुवा ओसार्न लेवाटार स्थित त्रिशुली नदीमा फेरी अर्को बाध, राफ्टिङ व्यवसायी र स्थानीयको विरोध
images

कुरिनटार । गोरखाको शहिद लखन गाउँपालिका ४ स्थित ठेउटार गाउँ नजिकै रहेको त्रिशुली नदी किनारबाट नदीजन्य सामाग्री निकालेर लैजान पुनः त्रिशूली नदीमा बाध राख्न थालिएको छ । केहि दिन अघि पनि अहिले बाध बनाईरहेको स्थान भन्दा केहि माथि बाध बनाउन लाग्दा इच्छाकामना गाउँपालिका ४ स्थित कुरिनटारवासीले विरोध गरेको थियो । त्यसपछि उक्त ठाउँबाट पछि हटेको ठेकेदार कम्पनी त्रियुगा निर्माण सेवा सिन्धापाल्चोकले पुनः इच्छाकामना गाउँपालिका ४ स्थित लेवाटार बाध बनाउन लागेको हो ।

स्थानीयको विरोधका बाबजुत पनि ठेकेदार कम्पनीले बाध बनाउन नरोकेपछि आज बिहान स्थानीयबासी र हिमालयन रिभरगाइड एसोसियसन (हर्गान)ले उक्त कार्य तत्काल रोक्न माग गर्दै नदीमै पुगेका थिए । राफ्टिङका लागि उत्कृष्ट मानिने चितवनको इच्छाकामना अन्तरगत त्रिशूली नदीमा नदीजन्य पदार्थ ओसारपसार गर्न बाँध राखेपछि हिमालयन रिभरगाइड एसोसियसन (हर्गान) र स्थानियले तत्काल उक्त कार्य रोक्न माग गरेका हुन् ।

शहिद लखन गाउँपालिका ४ र इच्छाकामना गाउँपालिका ४ स्थित ठेवाटारमा बाँध बाँध्ने काम तत्काल बन्द गराई नदीलाई यथास्थानमा बग्न दिन माग गर्दै उनिहरुले आजै इच्छाकामना गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । त्रिशूली नदीमा बाँध बाँध्ने र जथाभावी नदीजन्य पदार्थ उत्खनन् गर्दा राफ्टिङ व्यवासय संकटमा परेका छन् ।

नदी बहाव परिवर्तन गर्न नपाइने पर्यटन व्यवासयी मेघ आलेले बताए । नदीजन्य पदार्थ उत्खनन् गर्दा यस नदीको सुन्दरता विग्रने र नदी आसपासमा रहेका होटल रिर्सोट र बस्तीहरु जेखिममा परेकोे उनको भनाई छ । पानीको बहाव नैे लर्काउदाँ यसै पनि संकटमा परेको राफ्टिङ व्यवसाय झन संकटमा पर्ने पर्यटन व्यवसायी आलेले बताए ।

यसैबिच इच्छाकामना गाउँपालिकाले पनि यस क्षेत्रको वातावरणीय सन्तुलन, नदीको बहाव संचालित पेशा व्यवसाय जस्ता विषयहरुमा प्रतिकुल प्रभाव पर्ने कुनै पनि कार्य नगर्न नगराउन शहिद लखन गाउँपालिकालाई अनुरोध गरेको छ । स्थानिय र हर्गानले गाउँपालिकामा ज्ञापन पत्र बुझाए पश्चात इच्छाकामना गाउँपालिकाले पत्र मार्फत उक्त कार्य रोक्न अनुरोध गरेको हो ।

334518560_1300238227191763_1558731529396125929_n.jpg

यसैबिच गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ४ ठेवाटारका स्थानियहरुले समेत नदीजन्य पदार्थ उत्खनन् बन्द गर्न माग गरेका छन् । बस्तीनै जोखिमा पर्ने भएकाले उनीहरुले सो कार्य बन्द गर्न माग गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - २१:०८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology