Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रक्सी भन्दै पिसाब खुवाएको निहुमा २६ वर्षीय युवकको पेटमा मलद्वारबाट रक्सीको बोतल छिराईदिएपछि.....

रक्सी भन्दै पिसाब खुवाएको निहुमा २६ वर्षीय युवकको पेटमा मलद्वारबाट रक्सीको बोतल छिराईदिएपछि.....

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
रक्सी भन्दै पिसाब खुवाएको निहुमा २६ वर्षीय युवकको पेटमा मलद्वारबाट रक्सीको बोतल छिराईदिएपछि.....
images

काठमाडौं । अस्पतालमा उपचारका लागि पुगेका एक युवकको पेटमा सिसाको बोतल भेटिएको छ । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा चिकित्सकले शल्यक्रिया गरी ती युवकको पेटबाट बोतल निकालिदिएका हुन् ।

रौतहटको गुजरा नगरपािलका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र बोतल भेटिएको हो । पुरानो मेडिकल कलेजका डा. नारायण बेलबासे नेतृत्वको टोलीले सोमबार बिहान शल्यक्रिया गरी मन्सुरीको बोलत निकालिदिएका हुन् ।

चिकित्सकका अनुसार मन्सुरीलाई आइतबार बिहान अचानक पेट दुखेपछि उनका बुवा नेवाजी मन्सुरीले स्थानीय क्लिनिकबाट औषधि किनेर खुवाए तर ठीक भने भएन ।

मुन्सरीको पेट निकै दुख्न थालेपछि उनलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा भर्ना गराईएको थियो । अस्पतालले तत्कालै पेटको एक्सरे गरायो । रिपोर्टमा पेटभित्र सिंगो रक्सीको बोतल देखेपछि चिकित्सक नै आश्चर्यमा परे । र, उनीहरुले थप उपचारका लागि भरतपुर रिफर गरे ।

पुरानो मेडिकल कलेजमा सबै चेकजाँचपछि त्यहाँ पनि उनको पेटमा सिसाको बोतल नै देखिएपछि डा. नारायण बेलबासे नेतृत्वको टोलीले शल्यक्रिया गरी बोतल निकालेको हो । करिब अढाई घण्टामा शल्यक्रिया गरेर बोतल निकालेको डा. बेलबासेको भनाई छ ।

‘शल्यक्रिया भएको डेढ/दुई घण्टापछि बिरामी होसमा आइसकेका छन् । उनी अहिले कुराकानी गर्न सक्छन्’, उनले भनेका छन् । बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र इन्फेक्सन फैलिसकेको उनले बताए ।

उनका अनुसार शल्यक्रिया गरेर हेर्दा बोतल माथि ठूलो आन्द्रामा फसेको पाइएको छ । प्वाल बनाएर पेटभित्र निस्किसकेको उनको भनाई छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - ०९:५०:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology