Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

भोलीदेखि मुग्लिन–नारायणगढ सडक २४ सैं घण्टा खुल्ला, बिस्फोट गरेर भिर काटिने

भोलीदेखि मुग्लिन–नारायणगढ सडक २४ सैं घण्टा खुल्ला, बिस्फोट गरेर भिर काटिने

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७९
भोलीदेखि मुग्लिन–नारायणगढ सडक २४ सैं घण्टा खुल्ला, बिस्फोट गरेर भिर काटिने
images

मुग्लिन ।  नारायणगढ–मुग्लिन सडक खण्ड भोलि फागुन २१ गते (आइतबार) देखि २४ घण्टा नै खुल्ला हुने भएको छ ।फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो ।

भोलिबाट नारायणगढ मुग्लिन सडक खण्डमा चौबीसै घण्टा गाडी चल्ने नारायणगढ मुग्लिन सडक, नौबीसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

पुल बनाउन पाँच ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण मेसिले काम गर्न नसकेर विस्फोट गराउने निणर्य भएको छ ।

‘अरू ठाउँको पहाड काट्ने काम लगभग सकियो । तुइन खोलाको एकातर्फ विस्फोट नै गराउनु पर्ने भएको छ । त्यो काम प्रक्रियामा नै छ । अब भोलि आइतबारदेखि बाटो चौबीसै घण्टा चल्ने छ,’ इन्जिनियर आचार्यले भने । विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्ने उनले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७९ शनिवार - १७:१७:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology