आँबुखैरेनी । तनहुँको आँबुखैरेनी बजारमा पनि भायानेट कम्युनिकेसन लि.ले आफ्नो सेवा विस्तार गरेको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कम्पनीले सेवा सुरु गरेको जानकारी दिएको हो । कम्पनीले आफ्ना सेवाग्राहीको सुविधाका लागि आँबुखैरेनीमा पनि शाखा कार्यालय संचालन गरि सेवा विस्तार गरेको हो । नयाँ शाखाको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले समुद्घाटन गरेका छन् ।

समय–समयमा विभिन्न योजना संचालन गर्ने भायानेटका योजनाहरूबाट आँबुखैरेनीका सेवाग्राहीसमेत लाभान्वित हुनेछन्। कम्पनीको दाबीअनुसार पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाइजस्ता योजनामार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने छन्।

यसै सन्दर्भमा आँबुखैरेनीमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाइ प्याकेजमा विषेश ओपेनिङ अफर समेत उपलब्ध गराएको छ। जसमा महिनाको ६२५ रुपैयामा ५० एमबिपिएस स्पिडको इन्टरेट र टिभिी उपलब्ध हुने कम्पनीका आँबुखैरेनी शाखा प्रमुख सुरज बिक्रम श्रेष्ठले बताए । ‘यो सुविधा भने सीमित अवधिको लागि मात्रै ल्याएको हो’ –उनले भने । उनका अनुसार कम्पनीको सेवा आँबुखैरेनी सहित चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिन कुरिनटार क्षेत्रमा पनि उपलब्ध हुनेछ ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा नेपालमा पहिलो आइपी टिभी सेवाको शुभारम्भ गरेको थियो। भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियनाजस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँगसमेत सहकार्य गरेको छ।