Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँको म्याग्देमा जारी नि:शुल्क आँखा शिविरको तेश्रोे दिन ४६८ जनाको आँखाको परिक्षण

तनहुँको म्याग्देमा जारी नि:शुल्क आँखा शिविरको तेश्रोे दिन ४६८ जनाको आँखाको परिक्षण

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७९
तनहुँको म्याग्देमा जारी नि:शुल्क आँखा शिविरको तेश्रोे दिन ४६८ जनाको आँखाको परिक्षण
images

तनहुँ । म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर को तेश्रोे दिन ४६८ जनाको आँखाको परिक्षण गरिएको छ । यो सँगै निशुल्क आँखा शिविरमा आँखाको परिक्षण गराउनेको कुल संख्या १२०९ जना पुगेको छ ।  हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.तथा तनहुँ हाईड्रो पावर नेपालको आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।  

शिविरको शिविरको तेश्रो दिनमा भएको ४६८  जनाको आँखाको परिक्षण गरिएको हो । कुल परिक्षण गरिएको मध्ये ४ जनालाई जलविन्दु र ४३ जनालाई मोतिविन्दु देखिएको हिमालय आँखा अस्पतालको चिकित्सक गोविन्द ढकालले जानकारी दिनुभयो । जलविन्दु र मोतिविन्दुको  विरामीलाई पोखरा रिफर गरि निशुल्क उपचार गरिने हिमालय आँखा अस्पताल पोखराले जनाएको छ । यसैगरि  शिविर अवधिभर कुल ६०० जनालाई चस्मा समेत वितरण गरिएको छ  भने १२०९ जनालाई नै औषधी वितरण गरिएको छ ।

सोही शिविरको अवसरमा कुल शिविर अवधिभर ४६८ जनालाई कोभिडको खोप लगाईएको छ भने आज मात्र १४१ जनालाई कोभिड खोप लगाईएको छ । जसमा महिला ८७ जना र ५४ जना पुरुष रहेका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले वताए । शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिएको छ । 

हिजो भएको आँखाको परिक्षणमा ५३६ जना सेवाग्राहीेले आँखाको परिक्षण गराएका थिए । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - १९:३६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology