काठमाडौं । अर्जेन्टिना तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसीले सोमबार उत्कृष्ट फिफा पुरुष खेलाडी २०२२ को अवार्ड जितेका छन् ।
पेरिसमा सम्पन्न अवार्ड कार्यक्रममा ३५ वर्षीय मेसीले फ्रान्सका फरवार्ड काइलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।
गत डिसेम्बरमा कतारमा सम्पन्न मेसीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताएका थिए । विश्वकपको फाइनल निर्धारित समय ३–३ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले फ्रान्सलाई ४–२ ले हराउँदै उपाधि जितेको थियो । मेसीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।
बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।