Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आज ४१ औँ मगर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै, तनहुँको छ पालिकामा सार्वजनिक विदा

आज ४१ औँ मगर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै, तनहुँको छ पालिकामा सार्वजनिक विदा

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७९
आज ४१ औँ मगर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै, तनहुँको  छ पालिकामा सार्वजनिक विदा
images

काठमाडौं ,१५ फागुन । मगर समुदायले सोमबार ४१ औँ मगर दिवस मनाउँदैछ। नेपाल मगर संघ स्थापना तथा मगर एकता दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो। २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवस मनाउँदै आएका छन्।

स्थापना दिवसको अवसरमा मगर समुदायका सांस्कृतिक, राजनेतिक अधिकारका विषयमा विभिन्न कार्यक्रम आयोजना तथा परम्परागत वेशभूषासहितको र्‍याली, सोरठी, कौडा, सालैजो र घाटु नाच प्रदर्शनसहित मनाउने नेपाल मगर संघले जनाएको छ।

दिवसको अवसरमा मगर बाहुल्य केही पालिकाले सार्वजनिक बिदा समेत दिएका छन्। गुल्मी जिल्लाका चन्द्रकोट, कालीगण्डकी र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। यस्तै तनहुँको म्याग्दे, देवघाट, बन्दिपुर, घिरिङ, ऋषिङ, गाउँपालिका, भिमाद नगरपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिका, बाग्लुङको निसीखोलामा पनि सार्वजानिक बिदा दिइएको छ।

नवलपरासी पूर्वका आठवटै पालिकाले पनि सार्वजनिक बिदा दिएका छन्।

 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - १०:३७:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology