Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

साउदीमा रोनाल्डोको दोस्रो ह्याट्रिक

साउदीमा रोनाल्डोको दोस्रो ह्याट्रिक

images

एजेन्सी

१४, फाल्गुण २०७९
साउदीमा रोनाल्डोको दोस्रो ह्याट्रिक
images

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासर एफसीले शनिबार राति साउदी प्रो लिगमा दमाक एफसीलाई ३–० ले हराएको छ ।

रोनाल्डोले १८औँ मिनेटमा गरेको पेनाल्टी गोलबाट पाहुना टोली अल नासरले अग्रता लिएको थियो । त्यसको पाँच मिनेट बित्न नपाउँदै रोनाल्डोले अल नासरको अग्रता दोब्बर बनाए । ४४औँ मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए ।

गएको जनवरीमा साउदी क्लबसँग अनुबन्ध भएका रोनाल्डोको यो अल नासरबाट दोस्रो ह्याट्रिक हो । उनले यसअघि अल वाहदविरुद्ध पनि ह्याट्रिक गरेका थिए । रोनाल्डोले अल नासरबाट ६ खेलमा ८ गोल गरिसकेका छन् । दुई गोलमा अवसर सिर्जना गरिदिएका छन् ।

जितपछि १८ खेलबाट ४३ अंक जोडेको अल नासर शीर्ष स्थानमा छ । त्यो दोस्रो स्थानको अल इत्तिहादभन्दा दुई अंकले माथि हो । पराजित दमाक एफसी २२ अंकका साथ सातौँ स्थानमा छ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - १०:०९:३७ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology