Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने

वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०७९
वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने
images

काठमाण्डौ । वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भीडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

 विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।

कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतङ्क मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्य बढ्दै गएको विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यस्ता अमर्यादित कार्य एवं क्रियाकलापले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको विभागको भनाई छ । विभागले एक एक विज्ञप्ति जारी गर्दै कार्यालयको काम कारबाहीसँग कुनै गुनासो भएमा कानुनी प्रक्रिया बमोजिम गुनासो लिएर आउन भनेको छ ।

कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाइ गरिएको विभागले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - ०९:०८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology