Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने

बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने

इच्छाकामना न्युज

१२, फाल्गुण २०७९
बौद्ध विश्वविद्यालय परिसरलाई पञ्चशील राखिने
images

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय परिसरलाई पञ्चशीलयुुक्त राख्ने नीति अवलम्बन गरेको छ । विश्वविद्यालयको १४औँ सभाले बुद्धका सन्देशको ज्ञान तथा अनुशरणमा जोड दिँदै विश्वविद्यालय परिसरलाई पञ्चशील राख्ने नीति लिएको छ ।

images
images

यस्तै विश्वविद्यालयअन्तर्गत हुने औपचारिक सभा–समारोह तथा बैठकमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य राख्ने निर्णय पनि गरिएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको हो । बौद्ध विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरुप बौद्ध दर्शन, संस्कृति, कलाको संरक्षण तथा प्रवद्र्धनका लागि सभा–समारोहमा बुद्ध बचनको प्रार्थना र बुद्धमूर्ति अनिवार्य गरेको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा तिलकराम आचार्यको अध्यक्षतामा बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका सम्पूर्ण निकाय तथा विश्वविद्यालयसँगको सहकार्य वा सहयोगमा हुने जुनसुकै औपचारिक सभा, समारोह, बैठकमा बुद्ध बन्दना वाचन अनिवार्य गरेको हो । सभा–समारोहस्थलको अग्रभागमा बुद्धमूर्ति अनिवार्य राख्ने निर्णयसमेत विश्वविद्यालयले गरेको छ ।

बौद्ध विश्वविद्यालयमा हाल बौद्ध दर्शनमा रहेर स्नातक तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनमा छन् । स्नातकोत्तर तहमा बौद्ध दर्शनका विविध कार्यक्रम सञ्चालनमा छन् ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - ०९:०५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology