काठमाडौं । वाग्मती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडाले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । करार सेवाका लागि मन्त्रालय र यस अन्तर्गतका काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लास्थित विभिन्न योजना आयोजनाहरूका लागि इन्जिनियर र सब–इन्जिनियरमा आवेदन माग गरिएको हो ।
मन्त्रालयले इन्जिनियर १४ र सब–इन्जिनियर २४ पदका लागि आवेदन माग गरेको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सात दिनभित्र मन्त्रालयमा दरखास्त दिनु पर्नेछ । फागुन १८ गतेससम्म दरखास्त दिन सकिनेछ ।
