Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०७९
यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै
images

काठमाडौं । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । बुधवार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।

 नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बुधवार बिदाई गरेको थियो । क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने  कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले  २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ । 

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने  यू–१९ विश्वकप खेल्ने मौका पाउने छन ।

त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले देव खनाललाई कप्तान चयन गरेका थिए ।  यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - ०८:५०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology