Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गण्डकी गाउँपालिकामा ५० प्रतिशत छुट दिदै व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु

गण्डकी गाउँपालिकामा ५० प्रतिशत छुट दिदै व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु

images

इच्छाकामना न्युज

११, फाल्गुण २०७९
गण्डकी गाउँपालिकामा ५० प्रतिशत छुट दिदै व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु
images

भुम्लिचोक । गोरखाको गण्डकी गाउँपालिकामा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण शिविर सुरु भएको छ । आज गण्डकी गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमकाबिच गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले शिविरको उद्घाटन गर्नुभएको हो ।

सबैलाई करको दायरामा ल्याउन आजदेखि व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत उपरकोटीले बताउनुभयो । गाउँपालिकामा कुन व्यवसाय कस्तो अवस्थामा कती छ भन्ने एकिन विवरण संकलनका लागि पनि यो अभियान सुरु गरिएको उहाँले बताउनुभयो । सबै विवरण आएपछि आगामी दिनमा कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्ने विषय छनौट गर्न सहज हुने बताउनुभयो । शिविरमा ५० प्रतिशत छुटमा व्यवसाय दर्ता तथा घरजग्गा अभिलेखिकरण गरिने उहाँले बताउनुभयो ।

शिविर फागुन २९ गते सम्म सञ्चालन भएपनि यस आर्थिक बर्षको असार मसान्त सम्म दर्ता हुने व्यावसायहरुलाई ५० प्रतिशत छुट दिइने बताउनुभयो । २९ गते सम्म सबै वडामा विभिन्न मितिमा शिविर सञ्चालन हुने र शिविरमा दर्ता नभएकाहरुले असार मसान्त सम्म गाँउपालिका कार्यालयमै आएर दर्ता गर्नुपर्ने बताउनुभयो । व्यवसाय दर्तामा असार मसान्तपछि सय प्रतिशत जरिवाना लाग्ने उहाँको भनाई छ ।

गाउँपालिका कार्यपालिका सदस्य तथा प्रवक्ता सिताराम विश्वकर्माले गाउँपालिकाको विकास र समृद्धिका लागि सबैलाई करको दायारामा ल्याउन यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।आन्तरिक श्रोत बृद्धि गर्न सके गाउँपालिकाको विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।

कार्यक्रममा जनप्रतिनिधिहरुले करको विषयमा जनतामा भ्रम पैदा भएको भन्दै कर र राजश्वको महत्वबारे शिक्षा दिनुपर्ने बताएका थिए । जनप्रतिनिधिले खानका लागि कर उठाएको भन्ने गलत भ्रम चिर्न आवश्यक रहेको जनप्रतिनिधिहरुको भनाई छ ।

गाउँपालिका राजश्व शाखा प्रमुख सागर शर्मा पौडेलले अनलाइन मार्फत राजश्व भुक्तानी गर्ने विधि बारे डेमोसहित जानकारी गराउनुभएको थियो ।साथै सव इन्जिनियर तोरण गुरुङले घर जग्गा अभिलेखिकरण कसरी गर्ने भन्ने बारे जानकारी गराउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी पत्रकार लगायतको समेत सहभागि रहेका थिए ।८ वटै वडामा सञ्चालन हुने शिविर २९ गते सम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - २२:२९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology