Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जन्म मितिको विवादमा फसेका डिआइजी अशोक सिंहले दिए पदबाट राजीनामा

जन्म मितिको विवादमा फसेका डिआइजी अशोक सिंहले दिए पदबाट राजीनामा

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७९
जन्म मितिको विवादमा फसेका डिआइजी अशोक सिंहले दिए पदबाट राजीनामा
images

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिनुभयो । सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोही विषयमा उहाँले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन ।

प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताउनुभयो । प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - २१:३९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology