काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेको छ ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका हुन् । यसअघिका तीनै खेलमा पनि नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै जित हात पारेको थियो । आजको खेलमा विजयी भए नेपाल पहिलोपटक यस सिरिजमा लगातार चौथो खेल जित्ने छ ।
यसले नेपाललाई विश्वकपको ग्लोबल छनोट खेल्न पनि बाटो सहज बन्नेछ ।