Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

धादिङको बेनीघाट रोराङ गापाको कार्यपालिका बैठक एशियाकै ठुलो नोहक गुफामा बस्ने

धादिङको बेनीघाट रोराङ गापाको कार्यपालिका बैठक एशियाकै ठुलो नोहक गुफामा बस्ने

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७९
धादिङको बेनीघाट रोराङ गापाको कार्यपालिका बैठक एशियाकै ठुलो नोहक गुफामा बस्ने
images

बिशालटार । एशिया कै ठुलो गुफा दाबी गरिएको बेनिघाट रोराङ गाउँपालिका स्थित विकट गाउँ घाङबाङमा रहेको नोहक गुफामा यहि फागुन १९ गते बेनीघाट रोराङ गाउँपालिकाले कार्यपालिकाको बैठक राखेको छ ।

पृथ्वी राजमार्ग चरौदीबाट कच्ची मोटर बाटी १५ किलोमिटर हिडेपछी विदाङ हुँदै गोठी भन्ज्याङ पुग्न सकिन्छ । गोठी भन्ज्याङबाट फेरी ३ घण्टा हिडेपछी दुङवाङ हुदै पुगिने नोहक गुफा प्रचार प्रसारको लागि बैठक गुफामा गर्न लागिएको पालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताए ।

nohak-gupha-dhading.jpg

नोहक गुफा भित्र छिरेपछी ४ घण्टा जती भित्र नै घुम्न सकने ठाउँहरु छन्, ठुला ठुला फराकिलो स्पेसहरु छन् । नोहक गुफा भित्र विभिन्न प्रकारको रहस्यमय ढुङगाको मुर्तिहरु पनि देख्न सकिन्छ गुफा भित्र एउटा ठूलो खोला छ त्यस खोलामा पानीको पेखरी झरना रहेको थपलियाले धादिङपोष्टलाई बताए । नोहक गुफाको बाहिर छेउतिर हरियाली वनस्पती जङ्गल रहेको छ । 

त्यस जङ्गल भित्र विभिन्न प्रकारको जडीबुटी औषधीहरु पाइन्छ । नोहक गुफाबाट २ किलोमिटर जती हिडेर उकाली चढ्यो भने नागे डाँडा घोरावाङ भन्ने ठाउँ पुगिन्छ जुन त्यो ठाउँ चितवानको सिमाना पर्छ । त्यहाँबाट चितवनको विभिन्न ठाउँहरु हेर्न सकिन्छ । जस्तै ताडी, पर्सा, भरतपुर, नारायणगढ, भन्डारा शक्तीखोर आदि ।

नोहक गुफा मित्र घुम्न स्थानीयको अनिवार्य स्वीकृत लिनुपर्छ र स्थानीयहरुले नै गुफा गुमाउने मान्छे चयन गरेका छन् र एक टोली वा व्यक्ति गुफा भित्र लगेर अवलोकन गराएको १ हजार लिने गर्दछन् । टाढाबाट घुम्न आउने पाहुनालाई स्थानीय स्तरमै खान बस्नको व्यवस्था उपलब्ध हुने, अध्यक्ष थपलियाले बताए ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - २२:१०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology