घैरुङ । गोरखाको शहिदलखन गाउँपालिकामा सार्वजनिक सडक क्षेत्राधिकारभित्र निर्माण भएको संरचनाहरु हटाउन निर्देशन दिएको छ ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै सार्वजनिक सडकको क्षेत्राधिकारभित्र निर्माण भएका संरचना तथा सडक अवरोध हटाउन निर्देशन दिएका हुन् ।
चालु आ.व. २०७९÷०८० स्वीकृत बजेट अनुसार नामजुङ्ग–घैरुङ्ग–ताक्लुङ्ग–मनकामना–ढाँटबारी–रामशाहघाट–आबुखैरेनी सडकखण्ड कालोपत्रे भइरहेको छ ।
गाउँपालिका वडा नं ६ को खगीदेखि वडा नं ९ को सेलाङ्गीचोकसम्मको ३.५ कि.मि सडकको कालोपत्रे गर्ने कार्यको सझौता भई निर्माण कार्य सुरु भइसकेकोले उक्त सडकको मापदण्डभित्र कुनैपनि संरचना निर्माण गरेको भए सो संरचनाहरु भत्काउन निर्देशन दिएको छ । सूचना जारी भएको सात दिनभित्र भत्काई सडक विस्तार कार्यमा सहयोग गर्नु समेत गाउँपालिकाले सबौलाई अनुरोध गरेको छ ।