कुरिनटार । मनकामना दर्शन प्रालिले मनकामनाको फोहोर व्यवस्थापनका लागि ट्याक्टर सहयोग गरेको छ। सोमबार गोरखाको शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा र उपाध्यक्ष इन्दिरा तिवारीलाई एक कार्यक्रमका बिच मनकामना दर्शन प्रालिका निर्देशक राजेश बाबु श्रेष्ठले चाबी हस्तान्तरण गर्नुभएको हो ।
चितवनको इच्छाकामना ४ कुरिनटारमा सम्पन्न कार्यक्रममा शहिद लखन गाउँपालिका वडा नम्बर २, ३ र ४ का वडाध्यक्ष ,फोहोर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेका थिए ।
स्थानिय पालिकाहरुको विकासका लागि सहकार्य समेत गर्दै आइरहेको मनकामना दर्शन प्रालिले गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर २ र ३ को फोहोर व्यवस्थापनका लागि ट्याक्टर सहयोग गरेका हुन् ।