काठमाण्डौ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल काठमाडौंको अध्यक्षमा मनिराज गुरुङ चयन भएका छन् । आईतबार काठमाण्डौमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा अनिता गुरुङ, सचिवमा किशोर गुरुङ, कोषाध्यक्षमा सृष्टि गुरुङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा भावना गुरुङ, कमला गुरुङ, छम गुरुङ, पिम गुरुङ र प्रशुन गुरुङ रहनु भएको छ ।