Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

विद्यालयमा विभिन्न पक्ष सुधारको माग गर्दै नेविसंघ इच्छाकामनाले बुझायो सर्वशान्ती माविमा ध्यानाकर्षण पत्र

विद्यालयमा विभिन्न पक्ष सुधारको माग गर्दै नेविसंघ इच्छाकामनाले बुझायो सर्वशान्ती माविमा ध्यानाकर्षण पत्र

इच्छाकामना न्युज

२९, पौष २०७७
विद्यालयमा विभिन्न पक्ष सुधारको माग गर्दै नेविसंघ इच्छाकामनाले बुझायो सर्वशान्ती माविमा ध्यानाकर्षण पत्र
images

कुरिनटार, २९ पुस । सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको विभिन्न पक्षको सुधारको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामनाले विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।  विद्यालयमा चमेना गृह (क्यान्टिन)को व्यवस्था , यातायातको सुविधा र अंग्रेजी माध्यममा बोलचालको वातावरण बनाउन माग गर्दै आज विद्यालयका प्रधानाध्यापक जोहन खरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेविसंघ इच्छाकामनाका सभापति सनम पन्तले विद्यार्थीहरु दैनिक जोखियात्रा गर्न बाध्य भएको, खाजा खानका लागि बाहिर जान नदिने गरेको तर विद्यालयभित्र क्यान्टिनको व्यवस्था नभएको र अंग्रेजी विषयमा कमजोर भएको बताउँदै यी कमजोरीहरुलाई तत्काल सामाधान गर्न माग गरिएको बताउनुभयो । शैक्षिक लगायतका अन्य भौतिक सुधारका लागि गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा नेविसंघले विद्यालय प्रशासनलाई ज्ञापनपत्र सहित दबाब दिने पन्तको भनाई छ । चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालय गाउँपालिकाभरकै सबै भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय हो । यहाँ चितवनको इच्छाकामना सहित गोरखा गण्डकी गाउँपालिका, सहिद लाखन गाउँपालिका र धादिङ को वेनीघाट रोराङका विद्यार्थीहरु समेत अध्ययन गर्छन् । यहाँ विद्यालयले यातायातको व्यवस्था नगर्दा विद्यार्थीहरु सार्वजनिक गाडीमा झुण्डिएर जोखिमयात्रा गर्न बाध्य छन् । साथै कोरोना जोखिमका कारण विद्यालयले खाजा खान बाहिर जान रोक लगाउँदा विद्यार्थीहरुलाई समस्या भएको छ । तत्काल विद्यालय परिषरभित्र क्यान्टिन सञ्चालन गर्न आवश्यक रहेको छ ।

images
images

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १८:४१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology