Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शहिद लखन गाउँपालिकाद्वारा १८ जना उत्कृष्ट कृषक सम्मानित

शहिद लखन गाउँपालिकाद्वारा १८ जना उत्कृष्ट कृषक सम्मानित

images

इच्छाकामना न्युज

३, फाल्गुण २०७९
शहिद लखन गाउँपालिकाद्वारा १८ जना उत्कृष्ट कृषक सम्मानित
images

काहुले भंगार । शहिद लखन गाउँपालिका भित्रका उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहित लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बीच किसानहरुलाई सम्मान गरिएको हो ।

९ वटा वडा रहेको पालिकाका कृषितर्फ उत्कृष्ट हुने ८ जना र पशु तर्फ उत्कष्ट हुने ८ जना गरी १६ जनालाई सम्मान गरिएको पालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले बताए । उनीहरुलाई जनही १० हजार ५ सय नगद सहित दोसल्ला ओडाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, पालिका भरिबाट कृषि र पशु क्षेत्रका गरी दुई जनालाई सर्वोउत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको छ । उनीहरुलाई जनही नगद रु १३ हजार पाँचसय नगद सहित दोसल्ला ओडाइ प्रमाणपत्रले सम्मान गरिएको हो । पालिकाका कृषि र पशुका गरी १८ जना कृषकलाई सम्मान गरिएको रोकाले जानकारी दिए ।

पालिकाका सूचना आह्वान गरेको सोहि सूचनाका आधारमा कृषकहरुले उत्पादन गरेको बस्तु, उनीहरुको वर्षभरिको आम्दानी र पालिकामा उनीहरुले कृषि क्षेत्रमा पु¥याएको योगदानका आधारमा छनौट गरी सम्मान गरिएको उनले जानकारी दिए । पालिकाले भूगोल अनुसार प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरी कृषि र पशुको कार्यक्रम संचालन गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - ०८:२१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology