चितवन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि मौमस सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
त्यसै गरी आज राति भने प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।