Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

संसद भवनमा हिंसात्मक आक्रमण अघि आफूले गरेको सम्बोधन उचितः अमेरिकी राष्ट्रपति ट्रम्प  

संसद भवनमा हिंसात्मक आक्रमण अघि आफूले गरेको सम्बोधन उचितः अमेरिकी राष्ट्रपति ट्रम्प  

images

एजेन्सी

२९, पौष २०७७
संसद भवनमा हिंसात्मक आक्रमण अघि आफूले गरेको सम्बोधन उचितः अमेरिकी राष्ट्रपति ट्रम्प  
images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गर्नुभएको छ । आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि गर्नुभएको भाषणको बचाउनु गर्नुभएको हो ।
उहाँले आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको दावी समेत गर्नुभएको छ । ट्रम्पले सो भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाव दिनुभएको थियो । त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए । 
नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएको बताइएको छ । संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले भने राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । 
यसैबीच, तल्लो सदनमा महाभियोग प्रस्ताव पेशभएसँगै उहाँले केहि स्थानमा संकटकाल लागू गर्नुभएको छ । तल्लो सदनमा महाभियोग प्रस्तावमाथि आज मतदान हुने तयारी छ ।

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १०:०८:०४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology