मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनक अनुसार आइतबार विहान ११ः३० बजेको समयमा नाम थर वतन नखुलेको अन्दाजी बर्ष ६०/६५ जस्तो देखिने पुरुषको पुलबाट खसेर मृत्यु भएको हो ।
पुलबाट त्रिशुली नदी किनारमा खसी घइते भएका उनको भरतपुर अस्पतालमा दिउँँसो १ : ४८ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक मुग्लिन बजारमा मागी खाइ हिंड्ने गरेको र मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ।