Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गोरखाको शहिद लखन गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

गोरखाको शहिद लखन गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

images

इच्छाकामना न्युज

२९, माघ २०७९
गोरखाको शहिद लखन गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
images

घैरुङ ।  गोरखाको शहिद गाउँपालिका स्थित काउले भङ्गारमा सञ्चालन भइरहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उद्घाटनको पहिलो दिन भएको खेलमा शहिद स्मृति मावि बुङ्कोट, जनशक्ति मावि नामजुङ र भगवती हिमालय मावि घैरुङले तीन तिन स्वर्ण प्राप्त गरेका छन् ।

११ वटा विद्यालय सहभागि खेलमा मनकामना माविले २ वटा रजत एउटा कास्य, सिञ्जाली माविले १ रजत र १ कास्य, हिमालय मावि बासकोटले १ स्वर्ण, रामेश्वरी माविले १ रजत १ स्वर्ण प्राप्त गरेका छन् । खेलको पहिलो दिन शहिद स्मृति मावि ३ स्वर्ण, ५ रजत र १ कास्य प्राप्त गरी प्रथम स्थानमा रहेको छ ।

पहिलो दिन भएको भलिबल खेलमा छात्र तर्फ शहिद स्मृति मावि बुङ्कोट र भगवती हिमालय मावि घैरुङको विजय सुरुवात भएको छ । छात्रा तर्फ हिमालय मावि बाँसकोटले विजय हासिल गरेको छ ।

खेल आज विहानदेखि सुरु हुने शहिदलखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो । खेलको गाउँपालिका अध्यक्ष रमेश थापाले उद्घाटन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - ०९:४७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology