ब्राजिल । अमेजन जङ्गलको ब्राजिल खण्डमा भईरहेको वन विनाश उत्साहजनक रुपमा घटेको छ । अध्ययन अनुसार सन् २०२३ को पहिलो महिनामा ब्राजिलले अमेजनको फँडानी ६१ प्रतिशतले घटाएको छ ।
सरकारको अन्तरिक्ष अनुसन्धान एजेन्सी इन्पेले गरेको प्रारम्भिक अध्ययनअनुसार गत महिना उक्त क्षेत्रमा एक सय ६७ वर्ग किलोमिटर जङ्गल खाली भएको छ, अघिल्लो वर्षको जनवरीमाएक महिनामै चार सय ३० वर्ग किलोमिटर वन क्षेत्र फँडानी भएको थियो । वातावरण संरक्षणका क्षेत्रमा यो उत्साहजनक प्रगति भएको विज्ञहरूले बताएका छन् ।