Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल प्रहरीमा भर्ना खुल्यो 

नेपाल प्रहरीमा भर्ना खुल्यो 

images

इच्छाकामना न्युज

२८, माघ २०७९
नेपाल प्रहरीमा भर्ना खुल्यो 
images

काठमाण्डौ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न १ सय ३७ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । प्रहरी कार्यालयका अनुसार भान्छेतर्फ ८२ जना, हजामतर्फ १५ जना, सिलाई बुनाईतर्फ १० जना र कुचिकारतर्फ ३० जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

सो पदका लागि जिल्ला प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, राजविराज, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकले फागुन १ गतेदेखि ३० गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम भर्न र बुझाउन सक्ने प्रहरी प्रधान कार्यालयले सूचना जारी गरी जनाएको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - ०९:५१:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology