Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अख्तियारमा ६ महिनामै ९ हजार भन्दा बढी उजुरी 

अख्तियारमा ६ महिनामै ९ हजार भन्दा बढी उजुरी 

images

इच्छाकामना न्युज

२८, माघ २०७९
अख्तियारमा ६ महिनामै ९ हजार भन्दा बढी उजुरी 
images

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने क्रम बढेको देखिएको छ । भ्रष्टाचार अवधारण सूचकांकले पनि नेपालको अवस्थामा खासै सुधार नभएको देखाइरहँदा अख्तियारको तथ्याङ्कामा पनि उजुरीका चाङ पनि बढ्ने क्रममा रहेको देखिएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनयता उजुरी दिनेको सङ्ख्या अत्यधिक बढेको छ । साउनयता मात्रै नौ हजार बढी अनियमितता र भ्रष्टाचारका उजुरी परेको आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताउनुभयो ।

आयोगमा साउनयता मात्रै नौ हजार पाँच सय १३ उजुरी दर्ता भएका छन्। साउनमा दुई हजार ९०, भदौमा एक हजार ६ सय ९८ र असोजमा एक हजार एक सय ५२ उजुरी परेका थिए ।

त्यस्तै, कात्तिकमा नौ सय २९, मंसिरमा नौ सय ३८, पुसमा एकहजार ३ सय ३२ र माघको हालसम्ममा एक हजार तीन सय ७४ उजुरी परेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा २४ हजार २ सय ४१ उजुरी परेका थिए।

images
प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - ०९:४९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology