Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको दिन फागुन १ गते सार्वजनिक विदा दिने

गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको दिन फागुन १ गते सार्वजनिक विदा दिने

images

इच्छाकामना न्युज

२६, माघ २०७९
गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको दिन फागुन १ गते सार्वजनिक विदा दिने
images

गोरखा । गोरखा जिल्लाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसको दिन फागुन १ गत्ते सार्वजनिक विदा दिने घोषणा गरेको छ । गाउँपालिकाले विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। गाउँपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले फागुन १ गत्ते जनयुद्ध दिवसको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले इच्छाकामना न्युजलाई जानकारी दिए। उनले थपे, मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमूल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झनामा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरेको हो । 


सार्वजनिक विदाका अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रिजेस उपरककोटीले बताए । जनयुद्धको क्रममा गण्डकी गाउँपालिकाबाट मात्रै १७ जनाले ज्यान गुमाएका छन् भने १ जना अझै बेपत्ता रहेका छन्।

329307461_897598254718213_3128871722377268361_n.jpg

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - १६:३३:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology