Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज विश्व मुटु दिवस मनाइँदै

आज विश्व मुटु दिवस मनाइँदै

इच्छाकामना न्युज

१३, आश्विन २०७७
आज विश्व मुटु दिवस मनाइँदै
images

काठमाण्डौं, १३ असोज
नेपालमा मुटु रोगी बढ्दै गएका छन। अस्वस्थकर जीवन शैलीका कारण मुट ुरोगको जोखिम बढेको छ। आजविश्व मुटुरोग दिवस मनाइरहँदा चिकित्सकहरुले हरेक व्यक्तिले मुटुको स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन ।

images
images

आज‘मन लगाउँ, मुटु बचाउँ’भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ। मुटु सम्बन्धी विभिन्न जनचेतना मूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ। मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै दिर्घ रोग लाग्ने भएकाले खानपिन र जीवन शैलीमा ध्यानदिनु पर्ने उनीहरुको सल्लाह छ।

सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचार बापत बेहोर्दै आएको छ। १५ वर्ष भन्दा मुनिका बालबालिका तथा ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ। शहीदगङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ । मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ ।

विश्वमा हरेक बर्ष एक करोड ८० लाख मानिस मुटु रोगका कारण मर्ने गर्दछन । नेपाल जस्ता विकासोन्मुख राष्ट्रमा मुटु रोगबाट मर्नेको सख्या ८० प्रतिशतभन्दा बढी छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटु रोगी भएको अनुमान गरिएको छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०८:५९:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology