Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गायक पवन गिरीको शब्द, संगीतमा अबुनले ल्याइन 'ए चरी'  ( भिडियो )

गायक पवन गिरीको शब्द, संगीतमा अबुनले ल्याइन 'ए चरी'  ( भिडियो )

इच्छाकामना न्युज

२४, माघ २०७९
गायक पवन गिरीको शब्द, संगीतमा अबुनले ल्याइन 'ए चरी'  ( भिडियो )
images

काठमाडौं – गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ।  टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ।  म्युजिक भिडियोमा स्वयम् गायिका पाण्डे फिचर्ड छिन् ।

 निरोज श्रेष्ठले छायाँकन गरेको यस भिडियोमा प्रविन श्रेष्ठको कलर र राजेश शाहको सम्पादन रहेको छ।  भिडियो स्वयम् गायिका पाण्डेको युट्युव च्यानल 'अबुन पाण्डे' मार्फत सार्वजनिक भएको हो।  अस्ट्रेलियामा बसेर आफ्नो सांगीतिक यात्रालाई अघि बढाइरहेकी पाण्डेको स्वरमा यसअघि 'महसुस', 'नाचन ठुली', 'यो केटा त' लगायतका भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोतालाई आग्रह गरेको छ।  

images
images

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - २२:१८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology