Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्नु गर्ने सरकारको तयारी 

सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्नु गर्ने सरकारको तयारी 

images

इच्छाकामना न्युज

२४, माघ २०७९
सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्नु गर्ने सरकारको तयारी 
images

काठमाण्डौ । सरकारले मोबाइल सिमकार्ड लिँदा ग्राहकले बायोमेट्रिक दिनुपर्ने व्यवस्था गर्न लागेको छ । गृह मन्त्रालयले पुस २८ मै नयाँ सिम लिँदा बायोमेट्रिक गराउने निर्णय लिएको हो । तर अहिले नै भने यो लागू भइसकेको छैन ।गृहको निर्णय लागू भए सिमकार्ड लिन ग्राहकले नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायतका कागजात मात्रै पेस गरेर पुग्दैन । यसका लागि उसले आफ्नो बायोमेट्रिक दिनुपर्नेछ ।

बायोमेट्रिक गर्दा व्यक्तिको आँखा, अनुहार र हात आदिको डिजिटल विवरण सङकलन गरिन्छ । अहिले राष्ट्रिय परिचयपत्र र राहदानी बनाउँदा बायोमेट्रिक दिनुपर्छ ।बायोमेट्रिक परीक्षणमा परिचयपत्रवाहक व्यक्ति किटान भएपछि ग्राहकले सिमकार्ड प्राप्त गर्नेछन् ।गृहका सहसचिव डा। भीष्मकुमार भुसालले सिमकार्डको दुरुपयोग भएको गुनासो आएको र प्रहरीका कतिपय अनुसन्धानमा यस्तो पनि देखिएकाले सिम वितरणमा नयाँ प्रणाली खाँचो भएको बताउनुभयो । 

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०९:०३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology